Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ सुरु


    बुधबार, चैत्र २२ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सुनुवाइ सुरु भएको छ ।

    लामिछानेलाई राहदानी दुरुपयोगमा सफाइ दिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा सुनुवाइ सुरु भएको हो ।

    न्यायाधीश हरि फुयालको इजलासमा सुरु भएको सुनुवाइका लागि एक घण्टा समय तोकिएको छ ।

    न्यायाधीश फुयालले निवेदनका लागि ४५ मिनेट र प्रतिवादीकातर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता सुनिल पोखरेललाई १५ मिनेट तोकिएको छ ।

    रिटको पक्षमा सुरुवाती बहस अधिवक्ता राधिका खतिवडाले थालेकी छन् । युवराज पौडेल असफलले लामिछानेविरुद्ध आइतबार दिएको रिट सोमबार दर्ता भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार