Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगरकोटका होटललाई क्वारेन्टाइन बनाउने तयारी 


    बुधबार, चैत्र १२ २०७६
    785
    Shares
  • २ मिनेट पाठ
  • भक्तपुर, १२ चैत । नगरकोटका होटललाई सरकारले क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ ।

     बुधबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसहितको टोलीले नगरकोटका होटल व्यवसायीसँग छलफल गरेका थिए । त्यहाँका होटलमा दुई हजार वटा कोठा छन् ।

    यदि कोरोना भाइरसको संक्रमण कुनै वस्तीमा देखियो भने संक्रमण नदेखिएका मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्‍यो भने नगरकोट उपयुक्त हुनसक्ने सरकारको बुझाइ छ ।

    छलफलमा व्यवसायीले पनि क्वारेन्टाइनस्थल बनाउन सहयोग गर्ने बचन दिएका छन् ।

    होटलको अनुगमन गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनेको छ । यो समितिलाई क्वारेन्टाइनस्थल बनाउन लाग्ने स्रोत साधनबारे जानकारी गराउन भनिएको छ ।

    सरकारले क्वारेन्टाइनस्थल तयार पार्न मन्त्री भट्टराईको नेतृत्वमा समिति बनाएको छ । यो समितिले काठमाडौंमा ५ हजार मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिनेछ ।

    यस्तै मन्त्री भट्टराई नेतृत्वको टोलीले दुवाकोटस्थित केएमसी हस्पिटलको पनि अनुगमन गरेको छ ।

    त्यहाँ दुई सय वटा आइसोलेसन वेड बनाउन सकिने देखिएको छ । तर पर्सनल प्रोटेक्टिभ इक्वीपमेट (पीपीई) लगायतका सुरक्षा उपकरणहरु चाहिने अस्पतालले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार