काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनहुँ जाने भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ–२ हुने मनोनयन दर्ताका लागि पुग्ने छन् ।
उनका अनुसार आज बिहान ९ बजे भरतपुर महानगर– ११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ ।
‘ त्यस पछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’ उनले भने । उनका अनुसार बारा– २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डीपी अर्याल बारा जानेछन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend