काठमाडौँ, १२ चैत । चीनबाट फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणमा परि दक्षिण एसियाली मुलुकमा हालसम्म १८ जनाको मृत्यु भएको छ । संक्रमणमा पर्नेको संख्या एक हजार ८ सय १९ पुगेको छ ।
दक्षिण एसियामा भाइरसको संक्रमण पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ । पाकिस्तानमा संक्रमितको संख्या ९७२ जना पुगेको छ । उनीहरू मध्ये ५२ जना निको भइसकेका छन् । त्यहाँ गम्भीर बिरामीको संख्या भने ५ जना छन् ।
भारतमा ५६२, श्रीलंकामा १०२, अफगानिस्तानमा ७४, बंगलादेशमा ३९, माल्दिभ्समा १३, भुटान र नेपालमा दुईरदुई जनामा संक्रमित देखिएका थिए । नेपालका संक्रमित मध्येका एक जना निको भइसकेका छन् ।
कोरोनाबाट भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ । बुधबार बिहानसम्म भारतमा ११, पाकिस्तानमा ७ र अफगानिस्तानमा एक जनाको मृत्यु भएको छ । संक्रमितको मृत्यु नहुने देशमा नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स छन् ।