वीरगञ्ज, १२ चैत । अलपत्र परेका ४७ नेपाली नागरिकलाई क्वारेन्टाइनमा राख्न मोरङको टाँडीमा पठाइएको छ । उनीहरु भारतबाट नेपाल आउने क्रममा विराटनगरको सीमावर्ती क्षेत्र रानी र विराटनगर बसपार्कमा अलपत्र परेका थिए ।
मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले विराटनगर नाका हुँदै मंगलबार भित्रिएका ४७ जनालाई टाँडी क्वारेन्टाइनमा पठाइएको जानकारी दिए ।
उनले भने, विराटनगर रानी नाका र विराटनगर बसपार्कमा अलपत्र परेकाहरुलाई क्वारेन्टाइनमा पठाइएको हो ।