Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मन्त्रालय भागबण्डामा सहमति नभएको उपेन्द्र यादवको दाबी


    बुधबार, चैत्र १५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय भागबण्डामा सहमति नभएको दाबी गरेका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकमा भागबण्डा नमिलेको उनले दाबी गरेका हुन् ।

    उनका अनुसार गठबन्धन दलहरुले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । भोलि ८ बजे फेरी गठबन्धनको बैठक बस्ने उनले जानकारी दिएका छन् ।

    ‘मन्त्रालयमा हालसम्म कुनै सहमति भएको छैन । सबैले आफ्नो दाबी प्रस्तुत गरे,’ उनले भने, ‘कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय भोलि ८ बजे बस्ने बैठकले गर्नेछ ।’

    यसअघि मन्त्रालयमा भागबण्डा मिलेको बताइएको थियो । तर, उनले मन्त्रालयको संख्यामा सहमति भएको भन्ने अन्दाज मात्र भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार