वीरगञ्न, १२ चैत । सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु लकडाउन उल्लंघन गर्दै चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज पुगेका थिए ।
काठमाडौंबाट उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।
उनीहरु प्रहरीको नियन्त्रणमा छन् ।