Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारमा जाने, बारा २ मा उम्मेदवारी दिने लोसपाको निर्णय


    बिहिबार, चैत्र ९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दश दलीय गठबन्धनलाई आगामी पाँच बर्षसम्म टिकाएर लानुपर्ने भन्दै गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा जाने निर्णय गरेको छ ।

    पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकपछि गठबन्धन दलसँग कुरा गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको नेता शरदसिंह भण्डारीले बताए ।

    उनले भने, ‘जनताले चुनावबाट गठबन्धनलाई अनुमोदन गरेका थिए । तर, सरकार बन्ने बेलामा राजनीति ट्रयाक बाहिर गयो । अहिले ट्रयाकमा फर्केको छ। यसलाई पाँच बर्षसम्म जोगाएर लानुपर्छ ।’

    यस्तै, बैठकले पार्टीलाई नयाँ शिराबाट विकास गर्नको लागि संगठनलाई सदृणिकरण अभियान चलाउने बताए । उनले वैशाख १० गते हुने उपनिर्वाचनमा पनि जिम्मेवार पार्टी भएकाले भाग लिने मनसायको साथ अघि बढ्ने निर्णय गरेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार