Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मोदी थरको अपमान गरेको आरोपमा राहुल गान्धी दोषी ठहर, अदालतले सुनायो दुई वर्षको जेल सजाय


    बिहिबार, चैत्र ९ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भारतको गुजरातमा रहेको सुरत अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।

    अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

    एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी बोलेका थिए । उनको यो बयानका विरुद्ध भाजपाका विधायक तथा पूर्वमन्त्री पूर्णेश मोदीले जाहेरी दर्ता गरेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार