Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छ आज सुन-चाँदीको बजार भाउ ?


    बिहिबार, चैत्र ९ २०७९
    6.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज बिहीबार फेरि सुनको भाउ बढेको छ । अघिल्लो दिन बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुन बिहीबार भने तोलामै १२ सय बढेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

    हिजो १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीमा भने प्रतितोला २५ रुपैयाँ बढेर १३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार