काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार भानबहादुर पाललाई ६९ मतले पराजित गरेका हुन् ।
हिजो राति अबेर सम्पन्न मत गणना अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धामीले कुल खसेको मतको दुई ७५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी पालले दुई सय ६ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, स्ववियुको सचिवमा नेविसंघका जवनसिंह डडाल २ सय ५३ मतसहित विजयी भएका छन् । डडालका प्रतिद्वन्द्वी अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धनसिंह धामीले २ सय ४० मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा भने साझा उम्मेदवार अनेरास्ववियुकी मनिषा डडाल विजयी भइन् । उनले २ सय ७० मत ल्याइन भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका विजया जोशीले २ सय १६ मत ल्याएको निर्वाचन समिति संयोजक धाना धामीले जानकारी दिइन् ।
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend