Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो


    बुधबार, चैत्र ८ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा। बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । आज बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।

    बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत लिने तयारी गरेका थिए । तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार