Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमतीका मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित


    बुधबार, चैत्र ८ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि आज दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको उक्त कार्यक्रम स्थगित भएको छ। नेपाली कांग्रेसले दुई दिन समय मागेपछि मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको हो ।

    आज बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ । दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।’

    कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रोकिएको एक नेताले बताए ।

    माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार