Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डविरूद्ध बानेश्वरमा नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहारको मुद्दा


    बुधबार, चैत्र ८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। हिजो मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डविरुद्ध तीन युवाले नाराबाजी गरेका थिए।

    सो विषयमा प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिन लागिएको जानकारी दिए।

    ‘अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्न भनिएको छ। त्यसका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लगिएको छ,’ उनले भने।

    ती युवाले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए । त्यसबीचमा अर्को एकजना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । त्यहीबीच अर्का युवाले पनि नारा लगाएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको हो ।

    उक्त नाराबाजी गर्दा पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा छन्।

    प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।

    ‘बैंकको ब्याज निकै महंगो भएकाले घटाउनु पर्ने आफूहरूको माग भएको बताएका छन्,’ एसपी रिजालले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार