Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेविसंघले त्रिवि समिति अध्यक्षमा ३ जनालाई मनोनीत गरेको पत्र सार्वजनिक


    बुधबार, चैत्र ८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय इकाई सभापतिको एकै पदमा तीन जनालाई मनोनीत गरेको पत्र सार्वजनिक भएको छ। उक्त पत्र सार्वजनिक भएपछि नेविसंघमा खैलाबैला मच्चिएको छ ।

    शेर्पाले चैत ७ गतेको मितिमा काटेको पत्रमा गणेश भण्डारी,विष्णु बडैला र दीपकराज जोशीलाई त्रिवि समितिको सभापति मनोनीत गरेको उल्लेख छ ।

    एकैदिन तीन जनालाई सभापति मनोनीत गरेर पठाइएको पत्रको औचित्य नरहेको भन्दै शेर्पाले तीनै जना अब नेविसंघको त्रिवि सभापति नरहेको बताएका छन् ।

    सभापति मनोनीत गरिएकामध्ये दीपकराज जोशी र बडैला स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार समेत बनेका थिए । तर पछि त्रिवि इकाईका पूर्व सभापतिहरू हरि आचार्य, योगेन्द्र रावललगायतले महामन्त्री गगन थापा, बालकृष्ण खाण, वीरबहादुर बलायरलगायतका नेताहरूसँगको छलफलपछि आधिकारिक उम्मेदवार श्यामराज ओझा जिताउन अरूलाई मिलाएका थिए ।

    सभापति शेर्पाले रावल सभापति रहेको इकाई समिति भंग गरेपछि त्रिविमा विवाद छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार