Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा पनि क्षति


    बुधबार, चैत्र ८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।

    उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको छ । मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हुन पुगेका छ । स्वात उपत्यकामा रहेका अस्पतालमा ठूलो संख्यामा घाइतेहरु भर्ना भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

    मंगलवार राति पौने ११ बजे पाकिस्तान र ताजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गए पछि भौतिक क्षति भएको हो । क्षतिको थप बिवरण अझै आइसकेको छैन । यद्धपी, सो भुकम्पमा परी ५ जनाको मृत्यु भएको जनाइएको छ । भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, ताजकिस्तान, उजवेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुश भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार