Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी नेता आङ्बोमाथि आक्रमणको प्रयास, हत्या गर्ने चेतावनी


    मंगलबार, चैत्र ७ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। प्रदेशको नाम कोशी नामकरण गरेकाे विराेधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीद्वारा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास भएको छ ।

    माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोमाथि पहिचान पक्षधरले आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आक्रमणको प्रयास गरेका हुन् ।

    हिजोमात्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो ।

    पहिचान पक्षधरका कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । उनीहरूले हत्या गर्ने चेतावनी दिँदै आङ्बोमाथि आक्रमण प्रयास गरेका हुन् ।

    बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासी ढुंगा हान्दै नाराबाजी गरेको उनका स्वकीय सचिव पुजन मगरातीले बताए । प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादीले प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै पछिल्लो समय निषेधाज्ञा समेत तोडेर आन्दोलन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार