Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदीप पौडेल भन्छन्- सरकारमा गएर नयाँ शैलीमा काम गर्नुपर्छ


    मंगलबार, चैत्र ७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा गएर नयाँ शैलीमा काम गर्नुपर्ने दाबी गरेका छन्।

    चितवनमा आज मंगलबार नेपाल ट्रेड युनियनले गरेको कार्यक्रममा बोल्दै पौडेलले नयाँ शैलीमा काम गर्ने गरी सरकारमा जानुपर्ने बताए।

    ‘सरकारमा जाँदै गर्दा अब हामीले नयाँ शैलीमा काम गर्नुपर्नेछ। जनताका काम गर्दै सकारात्मक सन्देश दिने गरी नै सरकारमा जानेबारे छलफल भइरहेका छन्,’ उनले भने, ‘हामी अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्छ। राम्रो काम गर्न सकियो भने बल्ल ५ वर्षपछिको चुनावमा एक्लै लड्न सकिन्छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार