Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारेको विवादास्पद अभिव्यक्ति


    सोमबार, चैत्र ६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएका छन् । सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।

    गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु विक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए । पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याएको नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार