Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य घट्यो, तोलाको कति ?


    सोमबार, चैत्र ६ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो । यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ ।

    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । र, यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ ।

    यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो । जुन, आज १५ रुपैयाँले घट्दै तोलामा १३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार