Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ


    सोमबार, चैत्र ६ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

    गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङलाई हराउदै उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार