काठमाडौँ । नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीले विश्वासको मत नदिने बताएका छन् ।
एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले दाबी गरे ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
नेम्वाङले एमाले प्रमुख प्रतिपक्षमा बस्ने संघीय संसद सचिवालयलाई जानकारी गराइसकिएको बताए ।
गत पुस १० गते एमाले, माओवादीसहित ७ दल मिलेर प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए। पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत दिएको थियो । त्यसबेला एमाले पनि सरकारमा थियो ।
तर फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने बेला माओवादीले राष्ट्रपति उम्मेदवारमा कांग्रेसलाई सहयोग गरेको थियो। पूर्वसहमतिबाट माओवादी पछि हटेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू पनि फिर्ता बोलाएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend