Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किरियापुत्री बसेका प्रकाश बडाल उपराष्ट्रपति निर्वाचनमा सहभागी


    शुक्रबार, चैत्र ३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नयाँ उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । बुबाको किरियापुत्री बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बडाल पनि मतदान कार्यमा सहभागी भएका छन् ।

    कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । तर, उनी उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सहभागी हुन सेतो लुगा लगाएर पुगेका छन् ।

    नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

    उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार