Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामा १ लाख ७ हजार रुपैयाँ


    शुक्रबार, चैत्र ३ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनको मूल्यले आफ्नै रेकर्ड तोडेको छ । आज साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको छ।

    यता आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार