काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । आज बजार परिसूचक नेप्से ५.३२ अंकले गिरावट हुँदा १९३३.३१ अंकमा बन्द भएको छ ।
लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । बिहीबार व्यापार उपसूचक सर्वाधिक १.४१ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक ०.३५ प्रतिशत र अन्य उपसूचक ०.१२ प्रतिशतले वृद्धि भएको छ । यता होटल तथा पर्यटन उपसूचक १.१४ प्रतिशत र लघुवित्त उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब २० करोडको कारेबार भएको थियो । बिहीबार २६ हजार ३७५ वटा कारोबारमा ३४ लाख २ हजार २६७ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब १४ करोड १५ लाखको कारोबार भएको छ ।
जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक ४ करोड ९४ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९७ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाखको कारोबार भएको छ । बिहीबार कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ११९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
आज कारोबार भएकामध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा लिवर्टी इनर्जीको सेयरमूल्य ४.९८ प्रतिशतले बढेको छ ।
लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७६ प्रतिशतले गिरावट हुँदा नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४.८० प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ४.७४ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend