Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


    बिहिबार, चैत्र २ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल आयल निगमले इन्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको जानकारी दिएको छ।

    भारतबाट पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

    अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

    भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार