Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा


    बुधबार, चैत्र १ २०७९
    3.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। किसानसँग सम्बन्धित् संघ, संगठनले सरकारले मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि आन्दोलनको घोषणा गरेका छन् ।

    बुधबार पत्रकार सम्मेलन गर्दैै कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राप्रपा निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

    आन्दोलनका कार्यक्रममा ३ चैतमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना, जुलुस, चक्काजामसम्म रहेका छन् । गत २६ फागुनमा सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार