काठमाडौँ। आज साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ ।
यसदिन सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ।
यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.०३ अङ्कले घटेर ३६५ विन्दुमा पुगेको छ।
यसअघि मंगलबार भने सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको थियो ।
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ।
यता १३ उपसुचकहरुका मध्ये ट्रेडिङ सुचक बाहेक सबै कम्पनीमा ओरालो लागेको छ । आजको कारोबारमा युनिक नेपाल लघुवित्त र सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यि कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend