काठमाडौं। अमेरिकाको ड्रोन रुसको एक लडाकु विमानसँग ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।
मंगलबार रुसीको एसयू-२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए । त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
अमेरिकी वायु सेनाका अधिकारी जनरल जेम्स हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडानमा भइरहेको बेला रुसी जेट लडाकु विमान जानीजानी अगाडि आएर ठोक्किएको बताएका छन् ।
रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend