एजेन्सी। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न लाहौरस्थित उनको निवासमा पुगेको प्रहरी र पार्टीका समर्थकबीच निवास बाहिर झडप भएको छ।
उक्त झडपका क्रममा थुप्रै मानिस घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। खानका समर्थकलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। साथै खानका समर्थकले पनि प्रहरीमाथि इंट्टा र ढुङ्गा प्रहार गरेका थिए।
आफ्ना नेतालाई गिरफ्तार गर्न नदिने समर्थकहरुको अडानका कारण मंगलबार साँझदेखि सुरु भएको तनावपूर्णस्थिति १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि जारी रहेकोछ ।
यसैबीच आज बिहानै चार बजेर २० मिनेटमा खानले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूलाई गिरफ्तार गर्ने थप प्रयास जारी रहेको बताएका छन्। भिडियो सन्देशमार्फत सम्बोधन गर्दै खानले मंगलबारको अवस्थालाई भारतले अवैधानिक रुपमा कब्जामा लिएको जम्मु कश्मिरको स्थिति सरह भएको बताएका छन्।
इस्लामाबाद प्रहरीले १० दिनअघि पनि खानलाई गिरफ्तार गर्ने असफल प्रयास गरेको थियो। खानविरुद्धको तोसखाना सम्बन्धी मुद्दामा इस्लामाबाद जिल्ला अदालते गैर जमानती वारेन्ट जारी गरेको छ। सुनुवाइका लागि बारम्बार अनुपस्थित भएपछि अदालतले यस्तो वारेन्ट जारी गरेको हो।
खानले भने त्यसविरुद्ध उच्च अदालतमा अपिल गरेका छन् भने सो अपिलमाथि आज सुनुवाइ हुँदैछ। खानमाथि उनी प्रधानमन्त्री हुँदा विदेशी सरकारबाट प्राप्त उपहारहरु सरकारी कोष (तोसखाना) मा नबुझाई महंगो मूल्यमा बिक्री गरेको आरोप लगाइएको छ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend