Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सेयर बजारमा सामान्य अंकले उकालो


    मंगलबार, फाल्गुन ३० २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ ।

    आज सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको छ।

    यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने ०.१७ अङ्कले घटेर ३६८.३२ मा पुगेको छ। सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएको थियो ।

    मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंकको ३ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ।

    यसदिन १३ उपसुचकहरुका मध्ये ५ कम्पनीमा ओरालो लागेको छ भने बाँकी सबै कम्पनीमा उकालो लागेको छ।

    आजको कारोबारमा युनिक नेपाल लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सुभम पावरको र सुपरमादी हाइड्रोपावरको करिब १० प्रतिशतले वृद्धि भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार