Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले गरे प्रदर्शन


    सोमबार, फाल्गुन २९ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उद्योगी व्यवसायीहरुले बैंक व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा आज सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

    उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना बसेका थिए ।

    प्रर्दशनमा मोरङ व्यापार संघ र विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए । उक्त विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ समेत सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार