Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भइन्


    सोमबार, फाल्गुन २९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी गएको मध्यरातबाट निवर्तमान भएकी छन्। निवर्तमान राष्ट्रपति भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् ।

    भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि पनि उनी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।

    यसैगरी राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् ।

    निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर बिदाइ गरेका थिए ।

    उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार