Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ


    सोमबार, फाल्गुन २९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    आज सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ लिएका हुन्।

    उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल हिजो आइतबार सकिएको थियो।

    रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार ३३ हजार ८०२ मतभारका साथ राष्ट्रपतिमा निर्वाचित भएका थिए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको थियो।

    उनले प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजीत गरेका थिए। उनले १५ हजार ५१८ मतभार ल्याएका थिए। जसमध्ये संघमा ७ हजार ७४२ र प्रदेशमा ७ हजार ७७६ मतभार छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार