काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा आज लगातार तेस्रो दिन पनि सुनको मूल्य बढेको जानकारी दिएको हो ।
महासंघले आजको बजार भाउ तोक्दै लगातार तस्रो दिन सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा अघिल्लो दिन आइतबार १७ सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो सामेबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम छ ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend