Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का


    आइतबार, फाल्गुन २८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मर्जर प्रक्रिया पूरा गरी भोलिदेखि एकीकृत कारोबार सञ्चालन गर्न लागेका निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले शेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पत्राचार गरेका छन् ।

    मर्जरपश्चात् गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ बमोजिम गाभ्ने/गाभिने कम्पनीको शेयर मिलान धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार भएको मितिबाट १५ दिनका लागि शेयर कारोबार रोक्का हुने कम्पनीले जानकारी दिएको छ ।

    साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट फागुन २९ गतेदेखि एकीकृत कारोबार हुँदै छ ।

    मर्जपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय भने काठमाडौं महानगरपालिका–१ नक्सालमा रहने कम्पनीले जानकारी दिएको छ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स १००:८० शेयर अनुपातमा मर्जमा जाने निर्णय गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार