Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यूएईमाथि शानदार जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता


    आइतबार, फाल्गुन २८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई १७७ रनसहित पराजित गरेको छ। उक्त खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको हो । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ

    आज कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली बलरसामु यूएईका ब्याट्सम्यानहरु निरिह सावित भए ।

    ललित राजवंशीको पाँच विकेट प्रेरित आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा यूएईलाई २२.५ ओभरमा अलआउट गर्दै एकदिवसीय मान्यता सुरक्षित गरेको छ ।

    यूएईलाई निरिह पार्दै नेपालले १७७ रनको शानदार जित दर्ता गर्यो । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।

    जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दबाव नेपाललाई छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार