Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस परित्याग गरे रामचन्द्र पौडेलले


    आइतबार, फाल्गुन २८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस छाडेका छन् ।

    गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पदद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन् ।

    आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् ।

    नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार