Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण भोलि


    आइतबार, फाल्गुन २८ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि गर्ने तय भएको छ ।

    राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उनले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण सोमबार दिउँसो गर्ने छन्।

    राष्ट्रपतिको शपथ ग्रहणको विशेष समारोहमा समाचार सङ्कलन तथा छायाङ्कनका लागि राष्ट्रपति कार्यालयले सञ्चार माध्यमलाई सोमबार दिउँसो १ बजे आउन निमन्त्रणा गरेको छ ।

    राष्ट्रपतिले प्रधान न्यायाधीशसँग शपथ लिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।

    वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आजबाट सकिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार