Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीमामा रोकिएका नेपालीको व्यवस्थापनको लागि छलफल हुदै 


    मंगलबार, चैत्र ११ २०७६
    645
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ११ चैत । आज दिउँसो तीन बजे नेपाल भारतको सीमा हुँदै नेपाल आएका नागरिकको व्यवस्थापनबारे छलफल हुने भएको छ ।  कोरोना भाइरसको माहामारीलाई रोक्नको लागि दुबै देश लकडाउन भएको छ । तर पनि केही नागरिकहरु नेपाल फर्कने कार्य जारी छ । सोही नागरिकहरुको व्यवस्थापनको लागि छलफल बोलाइएको हो । 

    कृषि मन्त्री घनश्याम भुषालले सोचेको भन्दा धेरै भीड सीमा नाकामा रहेकाले यसबारे निर्णय हुन बाँकी रहेको  जानकारी दिए ।

    ुसीमा लकडाउन गरेको सूचना पाउन ढिलो भयो कि भनेर हामीले नाका रहेका नागरिकलाई स्वदेश आउन दिने भनेको हो,ु भुषालले भने,ुहामीले देशभित्र समेत लकडाउन गर्दा पनि नेपाल आउने क्रम नरोकिएपछि यो समस्या आइरहने देखेका छौं। त्यसैले के गर्ने भनेर छलफल गर्न लागिएको हो।ु

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले सीमानामा लकडाउन गर्ने निर्णय गरेको थियो भने सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले नेपालभित्र पनि लक डाउन गर्ने निर्णय गरेको हो।

    अहिले कञ्चनपुरका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा सयौं नेपाली जम्मा भएका छन्।

    उनीहरूले नेपालमा आउन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप पनि भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार