Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तिम बटमलाइन मित्रवत् प्रतिस्पर्धा हो, गठबन्धन टुट्दैन: सिके राउत


    शनिबार, फाल्गुन २७ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपराष्ट्रपति पदका लागि गठबन्धन दलमा सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुने दाबी गरेका छन् ।

    उपराष्ट्रपतिमा ममता झाको उम्मेदवारी दर्तापछि बोल्दै उनले दलहरूको बैठक भोलि बस्ने र सहमति नजुटे आफूहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने बताए ।

    सहमति भए उम्मेदवारी फिर्ता गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सहमति नभए हामी मित्रवत् प्रतिस्पर्धा गर्छौँ । गठबन्धनमा पनि कुरा राखिसकेका छौँ । भोलिसम्म सहमति जुट्नेमा विश्वस्त छौँ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार