Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपराष्ट्रपति निर्वाचन: सत्तारुढ गठबन्धनबाट जसपा र जनमत दुवै पार्टीबाट उम्मेदवारी दर्ता हुने


    शनिबार, फाल्गुन २७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा गठबन्धनले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवैलाई उम्मेदवार उठाउने भएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो । जसबाट बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।

    ‘अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका दुवै उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती दुवै मध्य एक नाममा सहमति खोजेर जाने निर्णय भएको छ,’ बैठकमा सहभागि आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले भने ।

    जसअनुसार जसपा नेपालका रामसहाय यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी दर्ता हुने भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार