Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रभु साह पनि सहभागी भए सत्ता साझेदार दलको शीर्ष बैठकमा


    शनिबार, फाल्गुन २७ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक जारी छ। पराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

    उक्त बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी भएका छन्।

    प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साह निर्वाचित भएपछि नयाँ पार्टी ‘आम जनता पार्टी’ राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए।

    आम जनता पार्टी पनि सहभागी भएसँगै नौ दलीय सत्ता गठबन्धन दश दलीय भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार