Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख घिमिरे नेतृत्वको टोली बहराइन प्रस्थान


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गरेका छन्। अन्तरव्यवस्थापिका संघको १४६ औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आज साँझ ७ बजे बहराइन प्रस्थान गरेका हुन् ।

    फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट प्रतिनिधिमण्डलमा सांसदहरु रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सदस्इ ईन्दु कडरिया, संघीय संसदका महासचिव डा। भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश र संघीय सचिवालयका शाखा अधिकृत राजन घिमिरे बहराइन गएका हुन् ।

    सभामुख घिमिरेले ‘प्रोमोटिङ पिशफुल कोएक्जिस्टेन्स एण्ड इन्क्लुसिभ सोसाइटीजः फाइटिङ इन्टोलेरेन्स’ विषयको जेनरल डिबेटमा संसदको तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको संद्धीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन् ।

    टोलीले फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिनेछ । सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार