Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माेटरसाइल दु्र्घटना हुँदा चालककाे मृत्यु


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । काठमाडाैंकाे घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ। उक्त दुर्घटनामा पैदलयात्रु भने घाइते भएका छन् ।

    मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

    घाईते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ ।

    शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार