काठमाडौं। पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेको व्यवसायीको अनुभव छ । आधारभूत आवश्यकताका वस्तु मात्रै विक्री हुँदा व्यवसाय पहिलेको तुलनामा निकै खस्केको उनीहरूको भनाइ छ ।
कोभिड–१९ महामारीपछि धेरैको आम्दानी घटेर आर्थिक समस्या भइरहेका बेला शुरू भएको रूस–युक्रेन तनावले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च वृद्धि भई उपभोग्य वस्तुको मूल्य आकाशिएपछि उपभोक्तालाई दोहोरो मार परेको थियो । यो क्रम अझै पनि निरन्तर बढिरहेको छ । आम उपभोक्ताको क्रयशक्ति घट्दा प्रत्यक्ष असर व्यवसायमा परेको देखिन्छ ।
किराना व्यवसायी वीरबहादुर कार्की उत्साहपूर्ण रूपमा व्यवसाय नचलेको बताउँछन् । ‘व्यवसाय खासै केही छैन । उपभोक्ताको कमाइ नै घटेको छ, पैसाको अभाव भएको स्थिति छ । अनि खर्च कहाँबाट गरोस् र हाम्रो व्यवसाय चलोस् ?’ उनले भने ।
अहिले सामानको मूल्य चर्को रूपमा बढेको व्यवसायी स्वीकार्छन् । उनीहरूले नेपालमै उत्पादित र आयातित दुवै खाले सामानको भाउ बढेको बताए । व्यवसायीले दैनिक उपभोग्य बिस्कुट, स्याम्पु, काजु, जीरा, टिमुर, अलैंचीलगायत थुप्रै सामानमा चर्को मूल्यवृद्धि भएको बताए । यो समाचर आर्थिक अभियान दैनिकमा छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend