जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयले काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा फिर्ता गर्न दिएको निर्देशन जिल्ला प्रहरी कार्यालयले अवज्ञा गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले कोसी प्रदेशको उदयपुरमा दरबन्दी भए पनि बर्षाैदेखि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक(सई) बब्लु ठाकुरलाई दरबन्दीमा फिर्ता नपठाई राखेका छन् । उदयपुर दरबन्दी भएका ठाकुरलाई काजमा राखेको बिषयमा नेपालफेसले समाचार प्रकाशित गरेपछि एसपी खड्काले उनलाई दरबन्दीमा फिर्ता गर्नुको साटो कागजीरुपमा बिदा छाडेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी वसन्तबहादुर कुँवरले दरबन्दीमा फिर्ता गर्नका लागि ताकेतासमेत गर्न छाडेका छन् ।
एसपी खड्काले काजफिर्ता नगरेकोबारेमा मधेश प्रदेश प्रहरी कार्यालय र प्रहरी मुख्यालयमा बिदा लिएको छ भन्ने रिपोर्टिङ गर्ने गरेका छन् । तर सई ठाकुरलाई कागजमा बिदा दिएको देखाएर अतिरिक्त आम्दानीका लागि परिचालन गरेका छन् । कागजमा ठाकुर बिदामा छन्, तर ब्यवहारमा भने उनी घुमुवादेखि नाकाबाट तस्करीदेखि क्रसरवालाहरुसँग असुली गर्न ब्यस्त रहेको प्रहरी स्रोतले बतायो ।
५ रुपैयाँको टिकट टाँसेर दिएको निवेदनका आधारमा गुप्तचरमा जागिरमा प्रवेश गरेका र जस्केलाबाट नेपाल प्रहरीमा छिरेका एसपी खड्का जहाँ कार्यरत रहँदा पनि विवादमा परेका अधिकृत हुन् । उनले कुनै पनि ठाउँमा पूरा कार्यकाल इन्चार्जका रुपमा काम नगर्ने अधिकृतका पहिचान बनाइसकेका हुन् ।
डीआईजी कुँवरले सुरुमा काजफिर्ता गराएरै छाड्ने भाषण गरे, तर त्यो भाषण सई बब्लु ठाकुरहरु जस्ताका लागि लागू गराउन सकेनन् । कोसी प्रदेशमा दरबन्दी भएका र धनुषामा बर्षौदेखि काजमा कार्यरत रही तस्करीदेखि नदीदोहन गर्नेहरुसँगको कनेक्सन मिलाउने गरेको समाचार प्रकाशित हुँदा समेत एसपी खड्काले कागजी रुपमा बिदा छाडेर उनलाई अहिले पनि राखिरहेका छन् ।
रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा सुधार हुने अपेक्षा पलाएको थियो, उनले त्यसअनुसार सुधारको थालनी पनि गरेका थिए । तर उनी नागरिकता प्रकरणमा गृहमन्त्रीबाट बाहिरिनुपरेपछि गृहमन्त्री पनि नभएको र आइजीपीको कार्यकाल पनि अन्तिम भएकाले जिल्लाका एसपीहरुले बब्लु जस्ता विवादित र अर्कै प्रदेशमा दरबन्दी भएकाहरुलाई अझैसम्म पनि काजफिर्ता नगरी डीआइजी कुँवरको निर्देशनलाई खुलेआम चुनौती दिइरहेका छन् ।
सई ठाकुुरले असईमा जागिर प्रवेश गरेदेखि धनुषा छाडेका छैनन् । धनुषाका एसपी विश्वराज खड्काले तस्कर र चेक बाउन्सदेखि विभिन्न केसमा डिल गर्ने र घुमुवा खटाउने अधिकार नै उनलाई दिएका छन् । मातहतका चौकीका सईसम्म इन्चार्ज हुने ठाउँबाट समेत मासिक उठाउने काम उनले गर्दैआएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend