Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मीमा कर्फ्यू लगाइयो


    मंगलबार, चैत्र ११ २०७६
    735
    Shares
  • २ मिनेट पाठ
  • गुल्मी, ११ चैत ।  गुल्मीमा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरिएको छ । कोरोना भाइरस फैलन नदिन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार बिहानदेखि कर्फ्यूसम्बन्धी सूचना जारी गरेको हो ।

    खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधी बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेकसम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

    शर्माले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३० अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरिएको बताए । 

    निषेधाज्ञा अबधीमा नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

    अस्पताल, औषधि पसल र पेट्रोल पम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसलहरु अनिवार्य रुपमा हातधुने व्यवस्था गरी तोकिएको समयमा सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञा उल्लंघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार कारबाही हुने निषेधाज्ञासम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार