काठमाडौँ। युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन्। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका हुन् । पाइलट भावनासँगै कोपाइलट श्रृजना राउतको टोलीले उक्त उडान भरेका थिए ।
आज आइतबार काठमाडौंदेखि दुबईको उडानमा पहिलो पटक दुई महिला पाइलटले सँगै उडान भरेको पाइलट भावना पन्तले बताएकी छन्।
पाइलट पन्तले नेपाल उड्डयनमा ऐतिहासिक क्षण बनेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपाल उड्डयनमा ऐतिहासिक क्षण। नेपाल वायुसेवा निगममा पहिलो पटक राष्ट्रिय ध्वजावाहक दुवै महिला पाइलटले काठमाडौंबाट दुबईको अन्तर्राष्ट्रिय उडानमा सँगै उडान भरेको इतिहास रचिएको छ।’
पाइलट भावना विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन्। आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend