काठमाडौँ। युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन्। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका हुन् । पाइलट भावनासँगै कोपाइलट श्रृजना राउतको टोलीले उक्त उडान भरेका थिए ।
आज आइतबार काठमाडौंदेखि दुबईको उडानमा पहिलो पटक दुई महिला पाइलटले सँगै उडान भरेको पाइलट भावना पन्तले बताएकी छन्।
पाइलट पन्तले नेपाल उड्डयनमा ऐतिहासिक क्षण बनेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपाल उड्डयनमा ऐतिहासिक क्षण। नेपाल वायुसेवा निगममा पहिलो पटक राष्ट्रिय ध्वजावाहक दुवै महिला पाइलटले काठमाडौंबाट दुबईको अन्तर्राष्ट्रिय उडानमा सँगै उडान भरेको इतिहास रचिएको छ।’
पाइलट भावना विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन्। आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend