काठमाडौं । घर बिदामा बागलुङ आएका एक सैनिक जवानमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।
बागलुङ नगरपािलका-१२ स्थायी घर भई हाल बागलुङ नगरपालिका-३ गुठीमा परिवारसँगै बस्दै आएका २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित युवा ३० साउनमा लम्जुङदेखि छुट्टी लिएर घर आएका थिए ।
घर बिदामा रहेको बेला ज्वरो आउने, खोकी आउने समस्या भए पछि उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पुगेका युवालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको थियो ।
आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा संक्रमण देखिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा बागलुङका प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
युवाको सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्तिको खोजी गरी होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको खनालले बताए ।